गुरुङको छोरा आवाज ठूलो भयो होला तर मन्त्रीलाई दुव्र्यवहार गरेको छैन: शेरजंग

काठमाडाैं | भदौ २०, २०७९

गुरुङको छोरा आवाज ठूलो भयो होला तर मन्त्रीलाई दुव्र्यवहार गरेको छैन: शेरजंग

पर्यटनमन्त्री जीवनराम श्रेष्ठमाथि ठमेलको छायाँ सेन्टरमा दुव्र्यवहार गरेको आरोपमा सुरक्षा गार्ड शेरजंग गुरुङ हाल महानगरीय प्रहरी प्रभाग दरबारमार्गको थुनामा रहेका छन् ।  

 

गुरुङ्लाई पुर्पक्षकालागि ५ दिन हिरासतमा राख्ने प्रहरीले जनाएको छ । यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले गुरुङलाई प्रहरी कार्यालयमा भेटेका छन् । 

 

भेटमा गुरुङले लाइनमा बस्न आग्रह गरेपनि दुव्र्यवहार नगरेको लामिछानेलाई बताएका छन् । भेटपछि लामिछानेले सामाजिक सञ्जालमा पोस्ट गर्दै  ‘गुरुङको छोरो आवाज अलि ठूलो भयो होला तर मैले कुनै दुव्र्यवहार गरेको छैन। मन्त्री भन्ने मलाई थाहा पनि भएन थाहा भए पनि डिउटी त गर्नै पर्यो।’ भनेको उल्लेख गरेका छन् । 

 

 

यहि भनाइलाई लिएर लामिछानेले ‘यदि उनको भनाई सत्य हो भने थुनामा राख्ने होइन, सम्मान रिहा गरियोस्’ भनेका छन् । 

 

त्यस्तै, मन्त्रीलाई कानून नमानेको अभियोगमा अनुसन्धान गर्न लामिछानेले आग्रह गरेका छन् । 

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्